रौतहट भदौ २७ । रौतहट जिल्लाको जिल्लाको गरुडा नगरपालिकामा खाधान्न सामग्री वितरण गरिएको छ । जिल्लाको मध्य भाग गरुडा नपाको वडा नम्बर ८ बसबिटी जिंगडीयामा राहत सामग्री वितरण गरिएको हो ।युएनओमेनको आर्थिक सहयोग र मान्डबी सहकार्य तथा जिल्ला प्रसासान कार्यालय रौतहटको समन्वयमा कोभिड( १९ बाट प्रभावित तथा प्रहरी हिरासतमा मृत्यु भएका विजय रामको छिमेकी र अति पिछ्डा ,दलितहरुलाइ केन्द्रित गरि सो राहत सामग्री वितरण गरिएको हो । प्रमुख अतिथी एव रौतहटका जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र रौतहट प्रहरी प्रमुख एसपि सिद्धि विक्रम शाहको बिशिस्ट आतिथ्य र स्थानीय भद्रभलादमि तथा पत्रकारहरुको रोहबरमा खाधान्न सामाग्री वितरण गरिएको मान्डबीको अध्यक्ष अन्जु झाले बताइन। कोविडका कारण उत्पन्न परिस्थितीमा समस्यामा परेका अति बिपन्न परिवारहरुलाइ आज राहत स्वरुप सहयोग गरिएको झाको भनाइ थियो।
वितरण पछि पत्रकारहरु संग कुराकानी गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा बिगत केही दिन देखि कोरोना भाइरस कोविड( १९ को संक्रमण समुदाय स्तरमा फैलिएर संक्रमितको संख्या पनि बढदै गएको र त्यही सन्दर्भमा हामीले होम आइसोलेसन र संस्थागत आइसोलेसनमा राखेको अवस्था छ । पाँच जनाले कोविडको कारणले ज्यान गुमाइ सकेका छन। बिगत चैत ११ देखि घोषणा गरेको लकडाउन र जिल्ला प्रशासले गत साउन २४ गते देखि भदौ ३१ गते सम्मको लागि जारी गरेको निषेधाज्ञा सहित विभिन्न कारणले गर्दा दैनिक जिवन यापन गर्ने श्रम मजदूरी गरेर खाने परिवार लाइ यसले समस्या सिर्जित गरेको अवस्था उल्लेख गर्दै यसैलाइ लक्षित गरेर कोविड १९ बाट समस्यामा परेकोहरु लाइ माण्डवी भन्ने संस्थाले श्रोत संकलन गरेर राहत स्वरुप खादान्न वितरण गरेको कार्य अति सराहनीय रहेको बताए । यस्तो सहयोग बाट धेरै नभएनि केहि सहयोग पुग्ने प्रजिअ यादबले बताए । यसको लागि प्रमुख जिल्ला अधिकारी यादवले माण्डवी संस्थालाइ विशेष धन्यवाद दिदै जिल्लामा रहेका अन्य एनजिओ र आइएनजिओ संस्थाहरु लाइ यस्ता विषयहरु लाइ प्राथमिकतामा राखेर पिडामा रहेका परिवारहरुको लागि राहतको कार्यक्रम ल्याउन आग्रह गरे। तपाइहरु विभिन्न कार्यक्रम ल्याउनुस , जिल्ला प्रशासन कार्यालय र डिसिसिएमसिले समग्र,सदैव समन्वय गरेर अगाडी बढने छ यादबले थपे।
यसैबिच रौतहटका प्रहरी उपरिक्षक सिद्धि बिक्रम साहले कोभिड संक्रमणको प्रकोप झेलिरहेको रौतहटमा कारणले दलित र अति बिपन्न र ज्याला मजदुरीमा आस्रित परिवारलाई छाक टार्न धेरै नै असहजता भएको अवस्थामा मान्डबीले गरेको यो सहयोगले ठूलो राहत पुग्ने बताए ।
प्रहरी हिरासतमा दलित युवक बिजय रामको पत्नीको हातमा राहत दिदै उपरिक्षक साहले प्रहरी हिरासतमा बिजयको मृत्यु भएको सुन्दा आफुलाइ दुख लागेको बताउदै प्रहरी संगठनको तर्फबाट माफी मागे ।जिल्ला प्रसासनको समन्वयमा मान्डबीले लगभग स्थानीय ४० घरपरिवारलाइ राहत स्वरुप चामल २४ किलो,दाल ३ किलो,चिनी २ किलो,तेल २ किलो,नुन २ किलो,साबुन ४ पिस र सेनेटरी पैड २ पिस वितरण गरिएको कार्यक्रम संयोजक रामानन्द दासले बताए ।