बाढीपहिरो पीडितलाई सहयोग

बाढीपहिरो पीडितलाई सहयोग

  • शनिबार, भदौ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

गण्डकी , २७ भदौ ।
नेपाली काँग्रेस कास्कीले रुपा गाउँपालिका– ६ बराहथोकका बाढीपहिरा प्रभावित परिवारलाई नगद सहयोग गरेको छ ।
पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको परिवारलाई २८ हजार ३ सय र पहिरोबाट विस्थापित माया सुनार र हरिराम विकको परिवारलाई दुई÷दुई हजार नगद सहित खाद्यान्न सहयोग गरिएको नेका कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

नेका कास्कीका सभापति कृष्ण केसी, पूर्वसभापति एवम् पूर्व मन्त्री यज्ञबहादुर थापसहितको टोलीले सहयोग रकम तथा खाद्यान्न बाढी प्रभावितलाई हस्तान्तरण गर्नुभयो ।

यही भदौ २३ गते बिहानपख घरमाथिको पहिरोले घर पुरिदा काजि विककी छोरी सिर्जनाको मृत्यु भएको थियो भने दुई घर परिवार विस्थापित भएका थिए ।

कार्यक्रममा पूर्व मन्त्री थापाले प्रतिपक्षमा रहेर काँग्रेसले जनताप्रति निर्वाह गर्नुपर्ने भूमिकाबाट कहिल्यै विमुख नहुने बताउनुभयो । नेका जिल्ला सभापति केसीले पीडित परिवारको सुरक्षित बसोबासको व्यवस्थापनका लागि पार्टीका तर्फबाट सरकारसँग समन्वय गर्ने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ