फोटोमा आएको टिकाटिप्पणीका कारण दुइ पक्षबिच झडप,नियन्त्रणका लागी प्रहरीद्वारा अश्रुग्यास प्रहार

फोटोमा आएको टिकाटिप्पणीका कारण दुइ पक्षबिच झडप,नियन्त्रणका लागी प्रहरीद्वारा अश्रुग्यास प्रहार

  • शनिबार, भदौ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

जनकपुर , २७ भदौ ।
जनकपुरमा दुइ पक्ष बिच भएको झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
मुस्लिम समुदायको मोहरम पर्वका लागि बनाइएको फोटो एक युवाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि त्यसमा आएको टिकाटिप्पणीका कारण जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा दुई पक्षबीच झडप भएको हो ।

शनिबार बिहान भएको उक्त विवाद नियन्त्रणमा आइसकेको र विवाद समाधानका लागि दुबै पक्षबीच वार्तासमेत चलिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

यता झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले आधा दर्जनभन्दा बढ़ी राउण्ड अश्रुग्यास प्रहार गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए।
अवस्था सामान्य रहेको जानकारी गराउँदै प्रहरी नायब उपरीक्षक मिश्रले भने, ‘हामी अनुसन्धान गर्दैछौं, विस्तृत विवरण आउन बाँकी छ।‘

झपडलाई नियन्त्रणमा लिनका लागि प्रहरी निरीक्षकको नेतृत्वमा कमाण्डमा ६० जनाको टोली खटिएको थियो ।
उक्त झडप नियन्त्रण गर्न सशस्त्र प्रहरीको टोली पनि खटाइएको स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ