उपत्यका कोरोनाको केन्द्र बन्दै आजै मात्र ६ सय ९६ संक्रमित थपिए

उपत्यका कोरोनाको केन्द्र बन्दै आजै मात्र ६ सय ९६ संक्रमित थपिए

  • शुक्रबार, भदौ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

भदौ २६ काठमाण्डौं । काठमाण्डौ उपत्यका कोरोनाको केन्द्र बन्दै गएको छ । शुरुमा खासै संक्रमण नफैलिएको उपत्यकामा पछिल्लो समय दिनहुँ सबै भन्दा धेरै संक्रमित हुन थालेका छन् । उपत्यका भित्र पनि काठमाण्डौ अझ बढी जोखिममा देखिएको छ ।
अहिले दिनहुँ जसो देशभर संक्रमितको कुल संख्या मध्य ४० प्रतिशत बढी उपत्यकाका मात्रै रहेको पाईएको छ ।
आज मात्रै काठमाण्डौमा अहिले सम्मकै धेरै ६ सय २० जना संक्रमित फेला परेका छन् भने भक्तपुर र ललितपुमा समान ३८–३८ जना थपिएका छन् । आजै मात्र उपत्यकामा ६ सय ९६ पुगेका छन् । यो सगैँ उपत्यकामा संक्रमितको संख्या करीब ११ हजार छ ।
देशको राजधानी र अत्याधिन जनघनत्वका कारण समुदाय स्तरमै कोरोना फैलिरहेको देखिएको छ ।
लामो लकडाउन र निषेधाज्ञा समेत अब खुकुलो भईसकेको छ । सडकमा चाप र बजारमा मानिसहरुको चहलपहल बढीरहेको छ ।
नगरपालिका फोरमले नाकामा कडाई र फुटपाथमा व्यवशाय गर्न दिन नहुने सुझाव दिएको छ ।
सामाजिक दुरी, मास्क प्रयोग सहित स्वास्थ्य मापदण्ड पालना गर्न जनता आफै सचेत हुनु पर्ने देखिएको छ भने यसमा सरकारले थप जनचेतना अभिवृद्धि सहित कडाई गर्नु पर्ने सुझाव पनि आईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ