ईशनाथ नगरपालिकाको बजेट ३८ करोड ५० हजार

ईशनाथ नगरपालिकाको बजेट ३८ करोड ५० हजार

  • शुक्रबार, भदौ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

भदौ २५ गौर । रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा चौथो नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगर प्रमुख संतोष कुमार मेहताको अध्यक्षतामा बुधवार नगरपालिकाको चौथो नगरसभा भव्याताका साथ सम्पन्न भएको हो । नगरसभाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा नगरको समग्र विकासका लागि ३८ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ ।

चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि ईशनाथ नगरपालिकाले आफना चौथो नगरसभाबाट ३८ करोड ५० हजार ५७० रुपैया बजेट पारित गरेको छ ।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम जि जोशीले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गर्नुभएको छ । यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख संतोष कुमार मेहता ले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ