तुल्सीपुरको थुनुवा कक्ष खाली

तुल्सीपुरको थुनुवा कक्ष खाली

  • बिहिबार, भदौ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

तुल्सीपुर , २५ भदौ ।
कोरोना भाइरसले गर्दा इलाका प्रहरी कार्यालय तुल्सीपुरको थुनुवा कक्ष खाली भएको छ ।
प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार बुधबार चार थुनुवा रिहा भएसँगै थुनुवा कक्ष खाली भएको हो । उहाँका अनुसार जघन्य अपराध गरेका बाहेक सामान्य झैझगडाका घटनाहरु छलफल गरेर टुङ्ग्याउने गरिएको छ ।

विभिन्न जिल्लाका थुनुवा कक्षमा पनि कोरोना सङ्क्रमण पुष्टि भएकाले तुल्सीपुर क्षेत्रमा त्यस्तो खालको समस्या नआओस् भनेर छिटो अनुसन्धान गरी थुनुवा कक्ष खाली गरिएको उहाँको भनाइ छ । लागुऔषधको ९० दिन र अन्य अपराधको २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने भए पनि पछिल्लो समय लागुऔषधको ३०/४० दिन र अन्य अपराधको ८/१० दिनमै सबै प्रक्रिया पूरा गरेर सङ्क्रमित हुनसक्ने कुरालाई मध्यनजर गरी थुनामुक्त गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।

तुलसीपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएका कारण आपराधिक त्रियाकलापमा कमी आएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालयमा ७० थुनुवा राख्नसक्ने क्षमता छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ