काठमाडौँ , २५ भदौ ।
नेपालमा गएको २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको निधन भएको छ ।
आज एक महिला र चार पुरुष गरी पाँच जनको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज मृत्यु हुनेहरुमा काठमाडौँकी ५५ वर्षीया महिला , काठमाडौँकै ५९ र ८३ वर्षीया पुरुषको निधन भएको छ ।
यसैगरी कपिलवस्तुका २९ वर्षीया पुरुष र चितवनका ६२ वर्षीया पुरुषको कोरोना संक्रमणबाट मृयु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार कुल कोरोना संक्रमित मध्य ०.६३ प्रतिशतको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline