रौतहट, २५ भदाै । रौतहटकि एक बालिका सङ्गै मध्यराति ६ जना युवकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
बितेको राती करिब दुई बजे प्रहरी चौकी नरकटिया रौतहटका असई मेरालाल प्रसाद गुप्ताको कमाण्डमा गएको गस्तीटोलीले उनीहरुलाई परोहा नगरपालिका- ७ चिरान चोकबाट पक्राउ गरेको हो ।
बिआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ नम्बरको मोटरसाईकलमा एकजना बालिका सहित क्रमश तिनजना र चारजना चढेर भारततर्फ गईरहेको अवस्थामा शंकालागेर नियन्त्रणमा लिएको असई गुप्ताले बताएका छन् ।गुप्ताको अनुसार युवकहरु बालिका सङ के -कारणले हिडेको हो कारण खुल्न सकेको छैन।
फतुवा बिजयपुर नगरपालिका वडा ५ सितलपुरकाकि बालिका सङै पक्राउ पर्नेमा मौलापुर नगरपालिका वडा ८ सोनरनियाका बर्ष २० का अनिल पटेल,बर्ष २० का दिपेन्द्र पटेल रहेका छन्
त्यसैगरी, मौलापुर वडा ५ मौलापुर गाँउका बर्ष १९ का अरबिन्द ठाकुर,बर्ष २० का धनन्जय तिवारी,बर्ष १७ का दिपेश यादव र बर्ष २२ का रामबालक पटेल पक्राउ परेको जिल्ला प्रहरी रौतहटले जनाएको छ।
अहिले उनिहरुसङ्ग सोधपुछ र अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरिक्षक सिद्धि बिक्रम साहले जानकारी दिए।दोषी देखिएमा कानुन बमोजिम कारबाही हुने उपरिक्षक शाहले बताए।