के कुलमानलाई आधा कार्यकालका लागि मात्रै नियुक्त गर्न लागिएको हो ?

के कुलमानलाई आधा कार्यकालका लागि मात्रै नियुक्त गर्न लागिएको हो ?

  • बिहिबार, भदौ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

भदौ २५ काठमाण्डौं । विद्युत प्राधिकरणलाई ३६ अर्ब घाटाबाट उकासेर नाफामा ल्याउन मात्र हैन देशलाई लोडसेडिङ मुक्त बनाउने काममा नेतृत्वदायी भूमिका खेलेर चर्चा कमाएका कुलमान घिसिङलाई पुनः नियुक्ति गर्न जोडदार माग भईरहेका बेला उनलाई आधा कार्यकालका लागि मात्रै सिफारीस गर्ने समाचार सार्वजनिक भएका छन् ।
आजै बस्ने मन्त्रीपरिषद्मा कुलमान बारे निर्णय हुने भनिए पनि आज मन्त्रीपरिषद्को बैठक नै स्थगित भएकाले भोली बस्ने बैठकले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने संभावना छ ।
यसका लागि उर्जामन्त्री बर्षमान पुनले प्रस्ताव लैजाने तयारी गरेका छन् ।
तर स्रोतका अनुसार उनलाई २ बर्षका लागि मात्रै सिफारीस गर्ने संभावना छ ।
तर उनलाई चार बर्षकै लागि नियुक्ति दिन समेत दबाब परीरहेको बताईन्छ ।
भोली बस्ने मन्त्री परिषद् बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने भने लगभग निश्चित बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ