गलकोट, २४ भदौ ।
ढोरपाटनमा आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । उक्त बाढीमा परेका १७ जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बेपत्ता खोज्ने क्रममा आज एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका–६ स्थित बडिगाड खोलामा फेला परेको उद्धारमा खटिनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।
आज फेला परेका दुई शवको पहिचान हुन सकेको छैन ।
शव बुर्तिवाङस्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline