भोजपुर , २४ भदौ ।
भोजपुरमा देवरको कुटाइबाट भाउजुको ज्यान गएको छ । टेम्केमैयुङ गाउँपालिका ५, खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई घरायसी विवादमा मरणासन्न हुनेगरी कुटपिट गरेपछि केशरमायाको मृत्यु भएको हो ।
गत २२ गते राती घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेका थिए । ज्यान जोगाउने क्रममा सुंगुरको खोरमा लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
रातको समय भएकाले उनको खोजी गर्दा नभेटिएपछि भोलीपल्ट बिहान २३ गते खोरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी गराए ।
राजकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline