बन्धक बनाइ एक किशोरीलाइ चार युवाद्वारा ५ दिनसम्म बलात्कार

बन्धक बनाइ एक किशोरीलाइ चार युवाद्वारा ५ दिनसम्म बलात्कार

  • बुधबार, भदौ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

कैलाली , २४ भदौ । कैलालीको कञ्चनपुरमा १६ बर्षकी किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी र्दता गराएकी छिन् । उनले आफुलाइ पाचँ दिनसम्म बन्धक बनाएर सामूहिक बला त्कार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दर्ता गराएकी हुन् ।

किशोरी बेल्डाडी गाउँपालिकामा ५ मामाको घरमा बस्दै आइरहेकी थिइन् । उनी भदौ १४ गते देखि बेपत्ता भएकी थिइन् ।
उनका मामाले भाञ्जी हराएको भन्दै प्रहरीलाई उजुरी दिएपछि प्रहरीले किशोरीलाइ भदौ १९ गते गाउँपालिकाको वडा नं. १२ आरा मिल नजिक प्रहरीले फेला पारेको थियो ।

तर, घटनाको केही दिनपछि किशोरीले आफूमाथि सामूहिक बला त्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । ‘४ जना युवाले बला त्कार गरेको भन्दै ठाडो उजुरी परेको छ’ प्रहरी स्रोतले भन्यो ।

५ दिनसम्म लागू औषध खुवाएर बन्धक बनाएर बलात्कार गरेको उजुरीमा किशोरीले उल्लेख गरेकी छन् ।

प्रहरीकै दबाबमा किशोरीले पहिलो दिन घटनाबारे नबताएको आरोप लागेको छ । ‘किशोरीले आफूलाई प्रहरीले दबाब दिएको भनेकी छन्’ प्रहरी स्रोतले भन्यो ‘आ’रोपित प्रहरीमाथि समेत कारबाही प्रक्रिया सुरु भइसकेको छ ।’

बलात्कार गरेको आराप लागेका ४ जना अहिले फरार रहेकाछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ