बिओपी अमरपट्टीद्धारा १०० बोरा मटरसहित पिकअप भ्यान पक्राउ

बिओपी अमरपट्टीद्धारा १०० बोरा मटरसहित पिकअप भ्यान पक्राउ

  • मङ्लबार, भदौ २३, २०७७
  • दिपक चौरसिया

  • 7.1K
    SHARES

वीरगंज २३ भदौ ।
सशस्त्र प्रहरी बल बिओपी अमरपट्टीले अबैध रुपमा भारत निकासी गर्न लागेको भारी परिमाणमा मटर सहित पिकअप भ्यान बरामद गरेको छ ।
बारा जिल्लाको त्रिवेणी दाल एण्ड आयल ईन्डष्ट्रिज प्रा.लि. छातापिपराबाट वीरगंज महानगरपालिका वडा नं. १९ बर्वागोगको नाकाबाट अबैध रुपमा भारततर्फ निकासी गर्न लागेको एक गाडि मटर पक्राउ गरेको छ ।
साई वाटर लेखिएको बा १४ च २९१६ नम्बरको पानी बोक्ने पिकअप भ्यानमा २५ किलोको दरले १०० बोरा मटर सोमवार राती ९ः३० बजेको समयमा बरामद गरेको बिओपी अमरपट्टीका सशस्त्र प्रहरी निरिक्षक निरन्जन कार्कीले जानकारी दिनु भयो ।

पक्राउ गरिएको मटर विन्दवासिनीको सचिन किराना पसलमा लग्नु पर्नेमा भारतको नाकातर्फ लग्दै गरेको अवस्थामा पक्राउ गरी आज वीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रहरी निरिक्षक कार्कीले बताए ।
प्रहरीलाई देख्नसाथ पिकअप भ्यानका चाकल गाडि छोडी भागेको र बरामद गरिएको मटरको मुल्य ५ लाख ८७ हजार ५ सय बराबरको रहेको समेत कार्कीले बताए । पक्राउ गरिएको गाडि र मटर छोडाउनका लागि विभन्न व्यक्तिहरुले दबाव दिए पनि प्रहरी निरिक्षकले छोडन नमाने पछि भन्सार चलान गरिएको समाचार स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ