नेपालगन्जमा उपचाररत अर्घाखाँचीका ४२ वर्षीय कोरोना संक्रमित पुरुषको निधन

नेपालगन्जमा उपचाररत अर्घाखाँचीका ४२ वर्षीय कोरोना संक्रमित पुरुषको निधन

  • मङ्लबार, भदौ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

नेपनलगन्ज , २३ भदौ ।
कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षा अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको पुरुषको निधन भएको छ ।
अर्घाखाँचीका ४२ वर्षीय पुरुषको मंगलबार बिहान साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

अर्घाखाँचीको शीतगंगा नगरपालिकाका उनलाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार निमोनियाको गम्भीर लक्षण देखिएपछि उनलाइ भदौ ११ गते मेडिकल कलेज भर्ना गरिएका थियो ।

टिपर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बुटवलस्थित अस्पताल लगिएको थियो । त्यहाँ परीक्षण गर्दा कोरोना पुष्टि भएपछि नेपालगन्ज पठाइएको थियो ।
बाँकेमा अहिलेसम्म कोरोनाले आठ जनाको ज्यान गइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ