भदौ २२ कन्चनपुर । कन्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा बम राखेको आरोपमा गिरफ्तार गरीएका मन्कु राम डगौरा सोमवार रिहा भएका छन् । गत साउन २७ गते वेलौरी नगरपालिका वडा नं.१०, सडकघाट आफ्नै घरबाट राती साढे ८ बजे तिर गिरफ्तारीमा परेका ७२ वर्षीय डगौंरा चालीस हजार धरौटीमा २८ दिन लामो हिरासत पछि सोमवार मुक्त भएका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा विष्फोटक पदार्थ सम्वन्धी मुद्दा लगाईएको थियो । बेलुका खाना खाएर सुत्ने तयारीमा रहेका डगौरा अकस्मात् प्रहरी घरमा पुगेर केही सोधपुछका लागि हामि सित हिड्नुस् भन्दा आशर्यचकीत भएका थिए । आफु लामो समय देखि नशा र ब्लड प्रेशरको विरामि भएर औषधी खाईरहेको मान्छेलाई एका एक बम राखेको आरोप लगाउँदा झसंग परेको डगौरा वताउँछन् ।
उमेरका हिसावले पनि केहि समय यता आफु घरमै रेष्ट गरीरहेको हुदा पार्टीको कार्यक्रममा सहभागि हुन नसकिरहेको बताउँदा समेत प्रहरीले मुद्दा लगाएर ठुलो दुस्ख दिएको उनि भन्छन् । ूराजनीतिक आस्थाको आधारमा पक्राउ गरेर झुटो मुद्दा लगाउँनु राज्यको फासिवादी चरीत्र र पराजित मानसिकता वाहेक अरु केहि पनि होईन । ७२ वर्षको बुढ्यौली उमेरमा २८ दिन लामो हिरासतबाट बाहीरिदै गर्दा आफुलाई राज्यले झुटो मुद्दा लगाएका कारण धरौटी जम्मा नगरेर मुद्दा अस्वीकार गर्ने मनसायमा रहेका उनले घर परीवार, शुभचिन्तकको उमेर र विरामि भएको विषयमा ख्याल पुर्याई दिन गरीएको आग्रह पश्चात मात्र धरौटी जम्मा गरेका थिए । मन्कु राम डगौंरा लामो समय देखि कन्चनपुर जिल्लाको कम्युनिष्ट आन्दोलनमा सहभागि भएर नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सचिवालय सदस्य र जिल्ला जनसत्ता प्रमुख सम्मको जिम्मेवारी सम्हाली सकेका व्यक्ति हुन् । जनयुद्धमा समेत उनले लामो समय जेल यातना भोगेका थिए । हाल उमेर र विरामि भएर उपचार गराईरहेका कारण पार्टीको जिम्मेवारीमा नरहेको कुरा उनि गिरफ्तार भए पछि पार्टी द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरीएको छ ।