एजेन्सी भदौ २२ । शीर्ष वरीयताका नोभाक जोकोभिच एक जना लाइन जजलाई बलले हानेका कारण यूएस ओपन टेनिस प्रतियोगिताबाट खेल्न नपाई बाहिरीएका छन् । उनलाई आयोजकले अयोग्य घोषित गर्यो ।
स्पेनी खेलाडी पाब्लो कार्रेनो बुस्टासँग ६–५ ले पछाडि रहेका जोकोभिच निराश जस्तो भएर खेलिरहेका थिए । त्यत्तिकैमा उनले खल्तीबाट बल निकाल्दै टेनिस ऱ्याकेटले प्रहार गर्दा महिला लाईज जजलाई लाग्न पुग्यो र उनी ढलिन् ।
आफूले हानेको बलले लागेपछि जोकोभिच प्रतियोगिताका मुख्य रेफ्रीसँगै रेफ्री सोरेन फ्रिमेललाई कस्तो छ भनेर सोध्न पुगेका थिए । यूएस टेनिस संघका अनुसार जोकोभिच प्रतियोगिताबाट प्राप्त गरेको वरीयता अंक र पुरस्कारमार्फत प्राप्त रकम पनि कटौती गरिनेछ ।
जोकोभिच जारी यूएस ओपनमा पुरुषतर्फको उपाधिका लागि दाबेदार मानिएका थिए । घटनापछि जोकोभिचले सामाजिक सञ्जालमार्फत आफूले जानीजानी रेफ्रीलाई बलले नहानेको भन्दै ‘आफू एकदमै दुस्खी भएको बताएका छन् । मेरो कारणले उनलाई यस्तो तनाव हुन गएकोमा म माफी माग्न चाहन्छु । यो मैले जानीजानी गरेको होइन ।’ जोकोभिचले भनेका छन् ।