मच्छिन्द्रनाथको जात्रामा ढुंगा हानेको आरोपमा पक्राउ परेका दुई जनामा कोरोना संक्रमण

मच्छिन्द्रनाथको जात्रामा ढुंगा हानेको आरोपमा पक्राउ परेका दुई जनामा कोरोना संक्रमण

  • आइतवार, भदौ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

ललितपुर , २१ भदौ ।
बिहीबार मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुदाँ प्रहरीलाइ ढुङ्गा हानेको अभियोगमा पक्राउ परेका १९ जना मध्य दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महानगरीय प्रहरी परिसर स्रोतको अनुसार उनीहरुको रिपोर्ट आज आएको हो। त्यसदिन प्रहरीले १९ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका सबैलाई छुट्टै राखेर पीसीआर विधीबाट परीक्षणका लागी पठाइएको थियो। उनीहरुको रिपोर्ट पोजिटिभ आएपछि प्रहरी परीसर तनावमा परेको छ।

उनीहरुलाई छुट्टै राखेपनि अन्यलाई पनि परीक्षण तथा आइसोलेसनमा राख्न समस्या भएको जनाएको छ।
सरकारी वकीलको सहायता लिएर विधि प्रक्रिया अनुसार अगाडि जाने बताएको छ।
उनीहरूलाई अस्पताल लैजाने वा आफन्तको जिम्मेवारी लगाएर आइसोलेसनमा राख्ने तय भएको छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ