प्लाज्मा थेरापीबाट वीरगन्जमा उपचाररत ३५ वर्षीया कोरोना संक्रमित पुरुषको मृत्यु

प्लाज्मा थेरापीबाट वीरगन्जमा उपचाररत ३५ वर्षीया कोरोना संक्रमित पुरुषको मृत्यु

  • आइतवार, भदौ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

वीरगन्ज , २१ भदौ ।
वीरगन्जस्थीत नारायणी अस्पतालमा विगत ८ दिनदेखि प्लाज्मा थेरापीबाट उपचार भइरहेको एक कोरोना संक्रमितको आइतबार निधन भएको छ ।
अस्पतालका प्रवक्ता डा। अतुलेश चौरसियाका अनुसार सर्लाहीको चकरघट्टा गाउँपालिका–३, सुन्दरपुर निवासी ३५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्ववासमा समस्या देखिएपछि आफन्तले ती पुरुषलाई भदौ १३ मा नारायणी अस्पताल ल्याएका थिए । भदौ १४ मा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अन्य विधिभन्दा प्लाज्मा थेरापी नै उपयुक्त लागेपछि गत आइतबार राति १० बजेदेखि उपचार थालिएको थियो ।
गत आइतबार राति करिब २ घन्टासम्म चलेको प्लाज्मा थेरापी पछि संक्रमित पुरषको स्वास्थ्य सुधारोन्मुख रहेको भनी उपचारमा संलग्न चिकित्सक डा। उदयनारायण सिंहले प्रतिक्रियासमेत दिएका थिए ।

प्लाज्मा थेरापी गरेको आठौं दिनमा उपचारको क्रममै संक्रमित पुरुषको मृत्यु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ