१३औँ संस्करणको आईपीएलको लिग चरणको खेलतालिका सार्बजनिक

१३औँ संस्करणको आईपीएलको लिग चरणको खेलतालिका सार्बजनिक

  • आइतवार, भदौ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३औँ संस्करणको खेल तालिका सार्बजनिक भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आज लिग चरणको खेलको तालिका सार्बजनिक गरेको हो ।

प्रतियोगीताको उद्घाटन खेलमा भने यसअघिकै परम्परा अनुसार अघिल्लो सिजनको फाईनल खेलेका २ टोली मुम्बई ईण्डियन्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन् । सो खेल आबुदाबीमा सेप्टेम्बर १९ मा हुनेछ ।

नेपाली लेगस्पिनर सन्दिप लामिछानेआबद्ध दिल्ली क्यापिटल्सले सेप्टेम्बर २० मा आफ्नो पहिलो खेल खेल्नेछ । दिल्लीको पहिलो प्रतिद्धन्दी किंग्स एलाभेन पञ्जाव रहनेछ ।

आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म चल्नेछ । लिग चरणका ५६ मध्ये २४ खेल दुबई, २० खेल आबुधावी र १२ खेल सारजाहमा हुनेछ ।
प्ले अफ र फाइनल खेलको तालिका र भेन्यु भने तय नभएको बिसीसीआईले जनाएको छ ।

अघिल्लो सिजनको उपाधि मुम्बई ईण्डियन्सले जितेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ