काठमाडौँ , २१ भदौ ।
गएको २४ घण्टामा काठमाडौँमा तीन सहित थप नौ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । आज दुइ महिला र सात पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आज मृत्यु हुनेमा मोरगकी ६४ वर्षीया र झापाकी ६५ वर्षीया महिला रहेका छन् ।
यसैगरी आज काठमाडौँका ७४ , ६८ , ८५ वर्षे पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो । त्यस्तै , मोरंगका ४५ वर्षे , पर्साका ७७ वर्षै , धनुषका ३५ वर्षे र चितवनका ७० वर्षे पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको प्रवक्ता गौतमले पुष्टि गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline