भदौ २१ सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा आज कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । योसहित प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।
झापाको कन्काई ३ बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । मृतक महिलामा मधुमेहको र दीर्घ रोग रहेको डा. सापकोटाले बताए ।
दुईदिनदेखि ज्वरो र स्वास्प्रश्वासमा कठिनाइ भएपछि मेची अस्प्तालमा ती महिला भर्ना भएकी थिइन् ।
त्यहाँ झन् गम्भीर भएपछि भदौ १८ गते प्रतिष्ठानमा रिफर भएर ल्याउनासाथ स्वाब संकलन गरेर पीसीआर जाँच गर्दा कोरोना(१९ पोजिटिभ देखिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline