मेस्सी यो सिजन बार्सिलोनामै रहने

मेस्सी यो सिजन बार्सिलोनामै रहने

‘म सबैभन्दा उच्च तहमा प्रतिस्पर्धा गर्न चाहन्छु । उपाधि जित्न चाहन्छु'-लियोनेल मेस्सी

  • शनिबार, भदौ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

एजेन्सी ।
लियोनेल मेस्सी यो सिजनका लागि बार्सिलोनाकैलागी खेल्ने भएकाछन् । यो सगैं उनको अर्को क्लबमा आवद्धहुने कुरा सकिएको छ ।
कुनै पनि क्लबले आफूलाई अनुबन्ध गर्नका लागि ‘रिलिज क्लज’मा उल्लेख गरिएको रकम तिर्न असम्भव रहेको र आफूले माया गर्ने क्लबलाई अदालतसम्म डोर्याउन नचाहेको कारण आफू यो सिजन बार्सिलोनामा रहने मेस्सीले बताएका छन् ।

गत मङ्गलबार ३३ वर्षीय अर्जेन्टिनी खेलाडीले बार्सालाई आफ्नो करारमा रहेको सिजनको अन्त्यमा क्लब छाडेर जान सक्ने प्रावधानलाई टेकेर क्लब छाड्न चाहेको सन्देशसहित फ्याक्स पठाएका थिए ।
तर, क्लबले भने उनको करारमा रहेको ७० करोड युरो रकम तिरे मात्र अन्य क्लबले उनलाई अनुबन्ध गर्न सक्ने बताएको थियो ।

‘मलाई लागेको थियो र म ढुक्क थिएँ कि म क्लब छाडेर जान स्वतन्त्र छु,’ गोल डटकमसँग कुराकानी गर्दै मेस्सीले भने, ‘अध्यक्षले मलाई जहिले पनि यो सिजनको अन्त्यमा तिमी यहाँ बस्ने कि नबस्ने भनेर निर्णय लिन पाउने छौँ भनेर भन्नुहुन्थ्यो ।’

‘यही कारणले म यो क्लबमा निरन्तरता दिन गइरहेको छु किनभने अध्यक्षले अहिले मलाई कसैले ७० करोड युरो तिर्यो भने मात्र म क्लब छाडेर जान सक्छु भनेर भन्नुभयो । र, यो असम्भव छ ।’

जुन १० अघि नै क्लबलाई आफू इच्छाबारे जानकारी नदिनु यहाँ सबैभन्दा महत्त्वपूर्ण पक्ष बनेको उनले बताए । यदी त्यसो गरेको भए उनको रिलिज क्लजको रकम कसैले पूरा गर्न पर्दैन थियो ।

‘उनीहरु अहिले १० जुन अघि किन नभनेको भन्ने विषयमा भुण्डिरहेका छन् । तर, त्यतिबेला कोरोनाभाइरसको महामारीका कारण पर धकेलिएको ला लिगाको सिजनमा हामी प्रतिस्पर्धा गर्दै थियौँ,’ उनले भने, ‘यहाँ अर्को बाटो पनि थियो, त्यो हो अदालतमा जाने । तर, म बार्सिलोनाविरुद्ध कहिले पनि अदालत जाने छैन किनभने म यो क्लबलाई माया गर्छु । म यहाँ आएदेखि यो क्लबले मलाई सबैकुरा दियो । यो क्लब मेरो जीवन हो, मैले मेरो जीवन यहीँ बनाए ।’

क्लब छाड्नका लागि मेस्सीका पिताले यो हप्ता बार्सिलोनासँग छलफल गरेका थिए । तर, ला लिगाले पनि बार्सिलोनाको रिलिज क्लजकै अडानलाई समर्थन गरेको थियो ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जापस्द हारपछि मस्सीले क्लबसँगको २० वर्षको सहकार्य अन्त्य गर्न चाहेको निर्णय सुनाएका थिए । हारसँगै यो सिजन बार्सिलोना उपाधिविहीन बनेको थियो ।

अहिले क्लबले क्वीके सेटिनलाई बर्खास्त गर्दै नेदरल्याण्डका पूर्वम्यानेजर रोनाल्ड कोम्यानलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । तर, मेस्सीले हालसम्म नयाँ प्रशिक्षकको नेतृत्वमा टोलीका अन्य खेलाडीसँग प्रशिक्षण गरेका छैनन् ।

अन्तरवार्तामा मेस्सीले क्लबले पछिल्लो समय सफलता हासिल गर्न नसकेको कारणले आफूले क्लब छाड्ने निर्णय गरेको पनि स्वीकार गरेका छन् । ‘म सबैभन्दा उच्च तहमा प्रतिस्पर्धा गर्न चाहन्छु । उपाधि जित्न चाहन्छु, च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न चाहन्छु,’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ