उदयपुर , १९ भदौ ।
उदयपुरको त्रियुगा नगरपालिकामा बाल यौन दुर्व्यवहार गरेको आरोपमा एक पुजारी पक्राउ परेका छन् ।
बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रियुगा नगरपालिका–६ मोहनपुरस्थित शिव मन्दिरका पुजारीलाइ प्रहरीले पक्राउ गरेको हो ।
उनको घर सिराहा सखुवाकट्टी गाउँपालिका–२ मा भएको र करिब ३ वर्षदेखि मन्दिरमा पुजारीको रुपमा बस्दै आएका ६६ वर्षीय रामविलास खत्बे मण्डलले यहि भदौ १२ गते ८ र १० वर्षीया बालिकालाई पैसा देखाएर प्रलोभनमा पारी मन्दिरको कोठामा यौन दुव्र्यवाहार गरेको आरोपमा पक्राउ परेका हुन् ।
पिडितको परिवारले प्रहरीलाइ उक्त घटना हुने गरेको जानकारी गराएपछि तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मण्डाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline