इजिप्टको नाममा रहेको ‘अफ्रिका कप अफ नेसन्स’को ट्रफी चोरी

इजिप्टको नाममा रहेको ‘अफ्रिका कप अफ नेसन्स’को ट्रफी चोरी

  • शुक्रबार, भदौ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी ।
इजिप्टले हात पारेको ‘अफ्रिका कप अफ नेसन्स’को उपाधि ट्रफी चोरी भएको छ ।
इजिप्ट फुटबल फेडेरसनको हेडक्वाटरबाट उपाधि ट्रफी चोरी भएको विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

इजिप्ट फुटबलका पूर्व उपाध्यक्ष अहमद शोबिरले उपाधि ट्रफी चोरी भएको खुलासा गरेका हुन् ।

‘अफ्रिका कपको उपाधि जुन इजिप्टले प्राप्त गरेको थियो । एसोसिएसनबाट हरायो । मैले ठट्टा गरेको हैन,’ एक टेलिभिजन कार्यक्रमले अहमदले भनेका छन् ।

इजिप्टले सन् २००६, २००८ र २०१० मा लगातार उपाधि जितेर ट्रफी आफ्नो बनाएको थियो । लगातार तीन संस्करणको उपाधि जितेका अफ्रिका कपको उपाधि स्थायी रुपमा लैजान पाइन्छ ।

इजिप्टले हालसम्म ६ पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।

ट्रफ्री हराएपछि एसोसिएसनले त्यसको खोजी गरेको तर नभेटिएको समेत उनले बताए ।

‘एसोसिएसन भित्रका एक कर्मचारीले सूचित गरे कि यो पूर्व इजिप्टका कप्तान अहमद हसनले राखेका थिए । जसले यस दावीलाई खण्डन गरे । कसैलाई पनि थाहा छैन कि ट्रफी अहिले कहाँ छ,’ उनले थपे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ