ढोरपाटनको बाढी तथा पहिरोमा मृत्यु भएका १४ मध्य १३ को सनाखत , एकको बाँकी

ढोरपाटनको बाढी तथा पहिरोमा मृत्यु भएका १४ मध्य १३ को सनाखत , एकको बाँकी

  • शुक्रबार, भदौ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

बागलुङ , १९ भदौ ।
बुधबार राति आएको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये १३ जनाको शव सनाखत भइसकेको छ ।

आज सनाखत भएका वडा नं ९ घर भएकी २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीया रिमकुमारी घर्ति मगर, वडा नं। ९ कै २६ वर्षीया केशमाया बिक, ११ वर्षीय मदन बिक, २२ वर्षीय जीवन बिक र ११ वर्षीय डल्ले बिकको शव आवश्यक कानुनी प्रक्रिया पुर्याएर आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुुभयो ।
यसैगरी छ वर्षीय बिराज बिक, ६५ वर्षीया ज्योती पुन, २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीय प्रेम पुन, १३ वर्षीया पुनि बिक, ६५ वर्षीय डोटी पुन र ४६ वर्षीय करबहादुर बिकको पहिचान गरेर जिम्मा लगाइएको भण्डारीले बताउनुभयो ।

घटनामा बेपत्ता भएका २४ जनाको खोजी कार्य जारी रहेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले नदी किनारमा खोजतलास गरिरहेका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

बाढी पहिराले बोबाङको फल्लेघर, सुकुरदुङ, घट्टबोट, लाकुरीबोटलगायतका स्थानमा अधिकांश घर क्षतिग्रस्त देखिएका उहाँले बताउनुभयो । वडा नं। ८ र ९ मा करिव ४० घर बगेका देखिएपछि वडाबाट आवश्यक तथ्याङ्क सङ्कलन शुरु गरिएको नगर प्रमुख देवकुमार नेपालीले बताउनुभयो ।

पहिरामा ८० घरमा पूर्ण क्षति, ५१ घरमा आंशिक क्षति, ११ लघुजलविद्युत्, स्वास्थ्य एकाइ एक, झोलुङ्गे पुल ११, ढलान पुल पाँच, काठे पुल १० र दुई बिद्यालयमा क्षति पुगेको नगरपालिकाले विज्ञप्ती जारी गर्दै जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ