नाष्टद्वारा सशस्त्र बलको अस्पताललाइ स्वाब सङ्कलन सवारी साधन हस्तान्तरण

नाष्टद्वारा सशस्त्र बलको अस्पताललाइ स्वाब सङ्कलन सवारी साधन हस्तान्तरण

  • शुक्रबार, भदौ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

ललितपुर , १९ भदौ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले कोरोना परीक्षणका लागि सहयोग पुर्याउने उदेश्यले सशस्त्र प्रहरी बल अस्पताललाई घुम्ती स्वाब सङ्कलन सवारी साधन तयार गरिदिएको छ ।
नाष्टका सचिव डा. महेशकुमार अधिकारीले सशस्त्र प्रहरी उपरीक्षक डा. शैलेन्द्र श्रेष्ठलाई आज यहाँ ‘मोबाइल स्वाब केलेक्सन बुथ भेइकल’ हस्तान्तरण गर्नुभयो । सो सवारी साधन विभिन्न सशस्त्र प्रहरी व्यारेकमा कोरोना परीक्षणका लागि प्रयोग ल्याइने र आवश्यक परेको खण्डमा सर्वसाधारको पनि परीक्षण गरिने जनाइएको छ ।

नाष्टका प्रविधि सङ्काय प्रमुख डा.रवीन्द्रप्रसाद ढकालले कोरोना जोखिम बढ्दै जाँदा यसबाट सुरक्षित रहन ‘अनुसन्धान र विकास’ मा ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

वरिष्ठ प्रविधि अधिकृत डा.शङ्कर ढकालले ‘मूलुकका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन’ भन्ने नारालाई आत्मसात गर्दै आफूहरुले महेन्द्रा स्कर्पियो पिक अपमा दुई वटा स्वाब सङ्कलन केन्द्र तयार गरेको जानकारी दिनुभयो ।

यसअघि नाष्टले गत साउन १२ गते नेपाल प्रहरी अस्पताललाई ‘मोबाइल स्वाब कलेक्सन भ्यान’ नामक एक एम्बुलेन्स तयार गरी हस्तान्तरण गरिसकेको छ ।
नाष्टले पहिलो चरणमा साउन १० गते यसैगरी बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नेपाली सेनाको सहयोगमा ‘मोबाइल स्वाब कलेक्सन भेइकल’ निर्माण गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिसकेको छ । सो भेइकल हाल देशका विभिन्न सरकारी निकायमा कोरोना परीक्षणका लागि प्रयोग भइरहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ