पशुपतिको धर्मशाला सुविधा सम्पन्न क्वारेन्टाईनका लागि प्रयोग

पशुपतिको धर्मशाला सुविधा सम्पन्न क्वारेन्टाईनका लागि प्रयोग

  • शुक्रबार, भदौ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.4K
    SHARES

भदौ १९ काठमाण्डौं । विश्वकै ठूलो हिन्दु धर्मालम्बीको तीर्थस्थलका रुपमा परिचित पशुपतिमा आउने तीर्थालुहरुको सुविधाका लागि भारत सरकारको सहयोगमा निर्मित नेपाल भारत मैत्री पशुपति धर्मशाला यतिबेला कोरोना महामारीका कारण क्वारेन्टाईन बनेको छ ।
यति बेला तीर्थालु पनि कम आउने र सरकारले उपत्यकामा दर्जनौ होटलहरुलाई क्वारेन्टाईन बनाउने निर्णय गरेको थियो । सरकारको सो सूचीमा यो धर्मशाला पनि परेको थियो ।
जस अनुसार नयाँ भवनमा गुणस्तरीय सुविधा सहित अहिले क्वारेन्टाईन बनाईएको छ । खास गरी विदेशबाट आउनेहरुका लागि अनिवार्य क्वारेन्टाईन बस्नु पर्ने भएकाले यो धर्मशालामा पनि मानिसहरुलाई राखिएको छ ।
पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको यो धर्मशाला हाल तारे होटलको जस्तै सुविधा दिने गरी होटल आनन्दले ठेक्का लिए पछि अहिले पिक हस्पिटालीटीले यसको व्यवस्थापन गरीरहेको छ ।
पिक हस्पीटालीटीका अध्यक्ष दिपक लेखकका अनुसार दैनिक ३ सय ५० प्रतिवेडका दरले तिरेर शेयरीङमा बस्न मिल्ने गरी ४० वटा बेड पनि रहेका छन् ।
कुल ६५ वटा रुम रहेको यस धर्मशालामा जम्मा एक सय ७० वटा बेड रहेका छन् ।
अहिले सम्म क्वारेन्टाईनमा एक सय जना भन्दा बढी बसीसकेको पिकका अध्यक्ष लेखकले बताए ।
धार्मिक पर्यटनमा आधारीत रहेर निर्माण गरिएको हुनाले यस धर्मशालामा मदिरा र मासु भने प्रयोग गरिदैन ।
यस्तै सेल्फ आईसोलेसनमा बस्न चाहनेका लागि दैनिक २ हजार देखि २५ सय सम्म तिरेर क्वारेन्टाईनमा मानिसहरु बसिरहेका छन् ।
प्रति व्यक्ति दुई हजार तिरे पछि दुई पटक खाना, चिया, नास्ता समेतको व्यवस्था रहेको अध्यक्ष लेखकले बताए ।
कतिपयले अझ राम्रो खान चाहेमा थप ५ सय रुपैया लाग्ने गरेको छ । सर सफाई र स्वच्छ वातावरण, सम्पूर्ण भेज खानाका परिकारहरु गुणस्तरीय रुपमा व्यवस्था गरिएको लेखकको भनाई छ ।
साथै यहाँ बस्ने पाहुनाहरुका लागि पर्यटकीय सुविधाका लागि डेस्क राखिएको छ भने कोही कसैलाई आकस्मिक बिरामी परेमा तत्काल चिकित्सक उपलव्ध गराउने जस्ता सुविधा पनि उपलव्ध रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ