नमाेबुद्व नगरपालीकामा थप एक महिला कर्मचारीमा काेराेना पाेजेटिभ

नमाेबुद्व नगरपालीकामा थप एक महिला कर्मचारीमा काेराेना पाेजेटिभ

  • शुक्रबार, भदौ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काभ्रे, १९ भदाै । काभ्रेकेा नमाेबुद्व नगरपालीकामा थप एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । कन्ट्रयाक्ट ट्रेसिङका आधारमा गरिएकाे पिसिआर बिधिबाट गरिएकाे स्वाब परिक्षणका क्रममा एक जना ३० वर्षकि महिला कर्मचारीमा संक्रमण पुष्टि भएकाे नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिनुभयाे ।

यसअघि भदाै १२ गते नगरपालीकामा कार्यरत एक पुरूष कर्मचारीमा काेराेना पाेजेटिभ देखिएपछि उनकाे संपर्कमा आएका कर्मचारीहरूकाे भदाै १६ गते स्वाब परिक्षण गरिएकाे थियाे ।

उक्त परिक्षणकाे रिपाेट आज आएकाे हाे । जसमा २० जनाकाे रिपाेर्ट नेगेटिभ आएकाे छ भने एक महिला कर्मचारीकाे रिपाेर्ट पाजेटिभ देखिएकाे छ, नगर प्रमुख तिमल्सिनाले भन्नुभयाे ।

काेविड १९ पाेजेटिभ देखिएकी महिलालाइ नगरपालीकाले तयार गरेकाे आइसाेलेसनमा राखिएकाे छ । परिवारका सदस्यलाइ हाेम क्वारेन्टाइनमा नै राखिएकाे छ ।

साथै नगरभित्र काेराेना संक्रमण नियन्त्रण तथा राेकथामका लागि अर्काे सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेकेा पनि नगरपालीकाले जनाएकाे छ ।

सरकारले ताेकेकाे अधत्यावश्यक वस्तु बिक्रि वितरणाका लागि स्वास्थ्य मापदणड पालना गरि बिहान ६ देखि १० बजे र बेलुका ४ देखि ७ बजेसम्म सन्चालन गर्न पाउने जानकारी गराउँदै नगरपालीकाले अन्य बजार पसल र व्यापार व्यावसाय बन्द गर्न सूचना जारी गरेकेा छ ।

साथै बैंक तथा वित्तिय संस्थालाइ पनि आलाेपालाे प्रणालीमा पूर्वसहमती अनुसार सन्चालन गर्न तथा भेला, गाेष्टि,बैठक लगायतका कार्य नगर्न पनि नगरपालीकाले सचेत गराएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ