थप १४ जना कोरोना संक्रमितको मृत्यु ,कुल मृतकको संख्या दुइ सय ७१

थप १४ जना कोरोना संक्रमितको मृत्यु ,कुल मृतकको संख्या दुइ सय ७१

  • शुक्रबार, भदौ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौँ , १९ भदौ ।
नेपालमा गएको २४ घण्टामा ४ महिला सहित १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज १४ जनाको मृत्यु भएसगैं नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुइ सय ७१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा,जागेश्वर गौतमले जानकारी दिनुभयो ।
गौतमका अनुसार आज ४ महिला र १० पुरुषगरी जम्मा १४ जनाको निधन भएको हो ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको मृत्युदर बढ्ने क्रममा रहेको छ ।

मृत्यु हुनेमा चार महिला र १० पुरुष रहेका छन् । आज काठमाण्डौमा मात्रै तीन जनाको मृत्यु भएको छ । काठमाडौंका ८२, ६७, २२ र चितवनकी ३५ वर्षीया महिला रहेका छन् ।

यस्तै सप्तरीका ५५ वर्षीय दुई पुरुष, धनुषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्युठानका ५८ , रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
यो सगैँ कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ । नेपालमा संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको छ ।  डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ