सन्दिप आवद्ध जमैका सिपिएलको सेमिफाइनलमा

सन्दिप आवद्ध जमैका सिपिएलको सेमिफाइनलमा

  • शुक्रबार, भदौ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

एजेन्सी ।
नेपाली खेलाडी सन्दिप लामिछानेआवद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो दुई खेल अगावै सेमिफाइनल पुग्न सफल भएको हो ।

यसअघि सन्दिपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससितको खेल भने वर्षाका कारण रद्द भएको थियो ।
उक्त खेलमा दुबै टोलीले एक एक अङ्क बाँड्न बाध्य भए ।

तीन अङ्कमा सीमित सेन्ट किट्स प्रतियोगिताबाट बाहिरिएको छ । उसले हालसम्म नौ खेलमा एकमा जीत तथा आठमा पराजय भोगेको छ ।
जमैका हालसम्म आठ खेलमा तीनमा जीतका साथ सात अङ्कसहित चौँथो स्थानमा छ ।

लिगमा शतप्रतिशत नतिजा निकाल्न सफल ट्रिनबागो नाइट राइडर्सले १६ अङ्क बनाउँदै यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।
उसले दुई खेल खेल्न अझै बाँकी छ । लिगमा सबै खेल खेलिसकेको गुयाना अमेजन वारियर्स हालसम्म १० खेलमा ६ मा जीतका साथ १२ अङ्क बनाएर अन्तिम चारमा स्थान बनाउन सफल भएको छ ।

यस्तै सेन्ट लुसिया जुक्स पनि सेमिफाइनलमा पुगिसकेको छ । उसले हालसम्म आठ खेलमा पाँचमा जित निकाल्दै १० अङ्क जोडेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ