एजेन्सी ।
युइएफए नेसन्स लिगमा स्पेनले जर्मनीलाई बराबरीमा रोकेको छ। बिहीबार राति जर्मनीकमा भएको समूह ‘डी’ को खेल निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएको हो।
खेलको ५१ मिनेटमा जर्मनीले खेलको दाश्रो हाफको ५१औँ मिनेटमा गोल गर्दै पहिले अग्रता लिएको थियो। उसका लागि टिमो वेर्नेरले गोल गरे। गर्नवेर्नेरले गोसेन्सको पासमा गोल गरेका थिए ।
त्यसपछि स्पेनले बराबरी गोल गर्ने दुई वटा मौका गुमायो। रोद्रिगोले दुवै मौका खेर फालेका थिए।
तर दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा स्पेनले बराबरी गोल फर्कायो।
उसका लागि भ्यालेन्सियाका डिफेन्डर जोस गयाले गोल गरे। उनले रोद्रिगोले दिएको पासमा हेडमार्फत गोल गरेका थिए।
गयाको उक्त प्रहार खेलको अन्तिम जस्तै बन्दा खेल नाटकीय बनेको थियो।
समूह ‘एच’को खेलमा वेल्सले फिनल्यन्डलाई १-० गोलले पराजित गरेको छ। वेल्सको जितका केफियर मुरेले गोल गरेका थिए।