कर्फ्यूबिच आज रातो मच्छिन्द्रनाथको क्षमापूजा

कर्फ्यूबिच आज रातो मच्छिन्द्रनाथको क्षमापूजा

२१ गते आशिंक रथ तानिने र २२ गते भुज्या मनाइने

  • शुक्रबार, भदौ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

ललितपुर , १९ भदौ ।
निशेधाज्ञा तोड्दै हिजो रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच भएको झडपपछि बिहीबार बसेको जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले रथयात्रा कसरी सम्पन्न गर्ने भनी निर्णय गरेको छ।
बैठकले प्रेस विज्ञप्ति जारी गर्दै रथ तान्ने कार्यक्रमलाइ कसरि सम्पन्न गर्ने भनी कार्यतालिका सार्वजनिक गरेको हो ।

बैठकले सार्वजनिक गरेको कार्यतालिका अनुसार भदौ १९ गते शुक्रबार कर्फ्यूबीच रातो मच्छिन्द्रनाथको क्षमापूजा गरिने रहेको छ ।
कर्फ्यूकै बीच क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ। त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिने तालिका रहेको छ ।

सम्भवत: भदौ २६ गतेको साइत जुर्न सक्ने कार्यदलको अनुमान छ। त्यही साइतमा रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने निर्णय भएको विज्ञप्तिमा छ।

यस वर्ष असोज २ गतेबाट मलमास सुरू हुँदैछ। मलमास सुरू भएपछि एक महिना रथ तान्न मिल्दैन। त्यो अवधिभरि रथयात्रा नगर्ने हो भने दसैंअगाडि जात्रा सम्पन्न गर्न सकिँदैन। जबकि, दसैंका लागि बुंगमतीमा मच्छिन्द्रनाथ नभई हुँदैन।

बुंगद्यस्लाई मलमास अगाडि नै बुंगमति पुर्‍याउने उद्देश्यका साथ रथ तान्न खोजिँदा बिहीबारको घटना भएको स्थानीय बताउँछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ