युफा नेसन्स लिग: स्पेन र जर्मनीले बराबरीमा रोकिए

युफा नेसन्स लिग: स्पेन र जर्मनीले बराबरीमा रोकिए

  • शुक्रबार, भदौ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

एजेन्सी, १९ भदौ। युफा नेसन्स लिगको समूह चरणको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरीमा रोकिएका छन् ।
बिहिवार राति भएको समूह जीको खेलमा जर्मनी १–१ को बराबरीसँगै अंक बाँड्न बाध्य भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलका ५१ औं मिनेटमा जर्मनीले अग्रता लियो ।

टिमो वेर्नरको गोलमा अग्रता लिएको जर्मनीले अन्त्यमा गोल खाएपछि नेसन्स लिगमा जितविहिन यात्रा कायम राखेको छ ।

अतिरिक्त समयमा स्पेनले बराबर गोल फर्काएको हो । स्पेनका लागि जोसे गायाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

यस्तै गए राति नै भएका अन्य खेलमा वेल्सले फिनल्याण्डमाथि एक शुन्यको जित निकाल्दा रसियाले सर्वियालाई तीन एकले हरायो ।

यस्तै हंगेरीले टर्कीमाथि एक शुन्यको जित निकाल्यो । यस्तै अर्को खेलमा युक्रेनले स्विट्जरल्याण्डलाई दुई एकले हराउँदा स्लोभानिया र ग्रिसविचको खेल गोलरहित बराबरीमा सकियो ।

हंगरीले टर्कीमाथि एक शुन्यको जित निकाल्दा आयरल्याण्डले अन्तिममा गोल गर्दा बुल्गेरीयालाई बराबरीमा राक्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ