हिमालय एयरलाइन्सको नियमित उडानको भाडादर सार्वजनिक

हिमालय एयरलाइन्सको नियमित उडानको भाडादर सार्वजनिक

  • बिहिबार, भदौ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 26.4K
    SHARES

काठमाडौँ, १८ भदौ ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ । आज विज्ञप्ति जारि गर्दै एयरलाइन्सले भाडा दर सार्वजनिक गरेको हो ।

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ ।
यी भाडाहरु कर र एजेन्सी कमिशनसहितको हो । कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादरभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

हिमालयले विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउन विभिन्न मुलुकबाट गरिने उद्धार चार्टर्ड उडानको भाडादर सार्वजनिक गरेको छ । जसअनुरुप दमामका लागि ४६५ अमेरिकी डलर, रियादको ४६५, ढाकाको १६५, कुवेतको ३९२ डलर तोकिएको छ । त्यस्तै बहराइन्को ४१०, मालेको ४८०, सिङ्गापुरको ५२० र स्लामाबादको ३५० डरल कायम गरिएको छ ।

हिमालयले नियमित उडान हुने काठमाडौँ–अबुधाबी र काठमाडौँ क्वालालम्पुर गन्तव्यमा हुने उडानको भाडादर निर्धारण गरेको छ । उक्त भाडादर सम्पूर्ण करसहितको छ तर यसमा एजेन्सी सेवा शुल्क समावेश गरिएको छैन । ट्राभल एजेन्सीले उपयुत सेवा लागू गर्न सक्दछ ।

सरकारले सेप्टेम्बर १ देखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय गरे पश्चात हिमालय एअरलाइन्सले सहजै पिसिआर उपलब्ध गन्तव्यहरु छोड्ंछिडं’, क्वालालम्पुर र आबुधाबीको उडान सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ ।
पिसिआर परीक्षणको उपलब्धता कठिन भएका अन्य उडान वृत्तखण्डमा सरकारको निर्णय अनुरुप नै चार्टर उडानमार्फत नेपालीलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहनेछन् ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कोभिड९१९को रोकथामका लागि सामूहिक लडाइँमा कम्पनीले नागरिकको स्वदेश फिर्ता, कोभिड–१९ को उपचारका लागि स्वास्थ्य उपकरण तथा औषधिको ढुवानी गरी नागरिक र सरकारलाई सहयोग गरेको बताउनुभयो ।
हिमालयले जुन १६ देखि अगष्ट ३१ तारिखसम्मय सम्म ९४ वटा उद्घार उडानमार्फत १५ हजार ६३५ नेपालीलाई स्वदेश फिर्ता गरेको जनाएको छ ।

१०५ यात्रु फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रु तथा कार्गो गरी सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत १०५ यात्रु नेपाल आएका छन् भने नेपालबाट ४३ यात्रु बाहिरिएका छन् । आज राति नेपाल एयरलाइन्स हङकङ र हिमालय एयरलाइन्सले क्वालालम्पुर र दोहाका लागि उडान गर्ने विमानस्थलले जनाएको छ ।
शुक्रबार विभिन्न एयरलाइन्सका सात अन्तर्राष्ट्रिय उडान हुनेछन् ।
हिमालय एयरलाइन्सको क्वालालम्पुर, र दोहामा उडान हुदैँछ भने नेपाल एयरलाइन्सले हङकङबाट यात्रु काठमाडौँ ल्याउनेछ ।

कतार एयरवेज, कोरियन एयरलाइन्स, फ्लाई दुबईले पनि उडान गर्ने तालिका रहेको छ ।
रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी