एयर अरेबियालाई युएईको सारजाहबाट काठमाडाैँ आएका १४२ यात्रुको पैसा फिर्ता गर्न निर्देशन

एयर अरेबियालाई युएईको सारजाहबाट काठमाडाैँ आएका १४२ यात्रुको पैसा फिर्ता गर्न निर्देशन

  • बुधबार, भदौ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाडौ, १७ भदौ । सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडाैं आएका १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन दिनुभएको हो ।

मन्त्रालयमा आज नियमित उडानहरूको भाडा दर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा पर्यटनमन्त्री भट्टराईले यात्रुको रकम फिर्ता गर्न एयरलअरेबियालाई निर्देशन दिनुभएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

एयर अरेबियाले १४२ जना पिसिआर गरेको, १८ जना आरडिटी गरेको र एक जनाको परीक्षण नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वारेन्टिनमा राखेपछि सो बापतको रकम फिर्ता गराउन मातहतका निकायलाई पर्यटनमन्त्रीले निर्देशन दिनुभएको हो । मन्त्री भट्टराईले सवै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि तुरुन्तै रकम फिर्ता गराउन र फिर्ता नगरे कारबाही गर्न समेत निर्देशन दिनुभयो ।

अन्तर्राष्ट्रिय नियमित उडानहरू महँगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमका र हिमालय एयरलाइन्सको उडान भएको सेक्टरमा वायुसेवा निगमले तय गरेको भाडादरअनुसार उडान गराउन विदेशी एयरलाइन्सलाई फलाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

मन्त्री भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीले अनियन्त्रितरूपमा कालोबजारी गरेको गुनासो आएपछि एयरलाइन्सले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कूटनीतिक नियोग, गैर आवासीय नेपाली सङ्घ (एनआएन) लाई आग्रह गर्नुपर्ने धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी