चर्चित ब्राजिलियन फुटबलर नेयमार सहित तीन जना कोरोना संक्रमित

चर्चित ब्राजिलियन फुटबलर नेयमार सहित तीन जना कोरोना संक्रमित

  • बुधबार, भदौ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

एजेन्सी, १७ भदौ । चर्चित ब्राजिलका फुटबल खेलाडि नेयमारलाई कोारेना संक्रमण भएको छ । फ्रान्सेलि फुटबल क्लब पेरिस सेन्ट जर्मनले नेयमारसहित तीन जना खेलाडिमा संक्रमण पुष्टि भएको जनाएको छ ।  नेयमारले हालै मात्र यूएफआ च्याम्पियनसिप खेलेका थिए ।

पीएसजीले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन खेलाडीमा कोरोना संक्रमण भएको बताए पनि खेलाडीको नाम सार्वजनिक गरेको थिएन ।

तर, फ्रान्सेली सञ्चारमाध्यमले क्लब स्रोतलाई उदृत गर्दै नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल डी मारिया र लिआन्ड्रो पारेडेसलाई कोरोना संक्रमण भएको जनाएका छन् ।

नयाँ सिजनका लागि खेलाडीहरुको क्लोज क्याम्प अगाडी परीक्षण गरिएको थियो । त्यस क्रममा तीन जना पीएसजीका खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनीहरुलाई स्वास्थ्य प्रोटोकल अनुसार आइसोलेसनमा राखिएको क्लबले जानकारी दिएको छ ।

फ्रान्सेली लिगको नियम अनुसार अब पिएसजीको लिग खेल पनि स्थगित हुने सम्भावना बढेको छ । ८ दिनको अन्तरमा ४ भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिए खेल स्थगित गर्नुपर्ने लिगको नियम छ ।

युरोपियन च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्यूनिखसँग पराजित भएको पीएसजीले लिग वानको नयाँ सिजनको तयारीमा छ । पीएसजीको पहिलो खेल सेप्टेम्बर १० मा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ