ह्यान्डबललाई एसियाली महासङ्घको साढे सात लाख सहयोग

ह्यान्डबललाई एसियाली महासङ्घको साढे सात लाख सहयोग

  • बुधबार, भदौ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ ,१७ भदौ ।
नेपालका ह्यान्डबलका खेलाडी तथा प्रशक्षिकको सहयोगका लागि नेपाल ह्यान्डबल सङ्घलाई एसियाली ह्यान्डबल महासङ्घले रु सात लाख ६५ हजार राहत सहयोग गरेको छ ।
नेपालमा कोरोना भाइरसका कारण प्रभावित भएका ह्यान्डबलका खेलाडी र प्रशिक्षकलाई राहत पाइयोस् भन्ने उद्देश्यले एसियाली ह्यान्डबल महासङ्घले उक्त सहयोग प्रदान गरेको हो ।

सो रकमले ह्यान्डबलका खेलाडी, पूर्वखेलाडी, प्रशिक्षक र रेफ्रीको कोरोना बीमा गरिने नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।
कोरोना बीमा गर्न सङ्घले सबैको सूची तयार गर्ने काम गरिरहेको उहाँको भनाइ छ । कोरोनाबाट बढी प्रभावितलाई बीमामा प्राथमिकता दिइने सङ्घले जनाएको छ । यसअघि सङ्घले झण्डै २०० खेलाडी लगायतको कोरोना बीमाको तयारी थालेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ