बिना इजाजतको औषधि सहित ३ जना पक्राउ

बिना इजाजतको औषधि सहित ३ जना पक्राउ

  • बुधबार, भदौ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

सुनसरी, भाद्र १७ गते । सुनसरी हरिनगर गाँउपालिका-२ भुटाहा सिसुवा धरमपुर सडक खण्डबाट ३ जना मानिसहरु बिना इजाजतको औषधि सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा हरिनगर-१ का ३७ बर्षीय अख्तर मिया, २२ बर्षीय एहरमान अंसारी र ३२ बर्षीय मुख्तर आलम रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै पक्राउ परेकाहरुको साथबाट बिना इजाजतको औषधि Nimos-p-२९८० ट्याब्लेट, vibel-४९८० क्याप्सुल, Zenegra Red-८०० ट्याब्लेट ,Nitravet-६० ट्याब्लेट,  Spasmo proxyvon -८ ट्याब्लेट, laboat-syrinj Injecrion-४३ थान,  पुरुष जिवन क्याप्सुल-१२०, Dermikem oc- १९५ थान मलम, Cetsol Tablet -१२,०००,  pantoprazole Gastro resistant-७९० क्याप्सुल, Acelorlam sp-४०० ट्याब्लेट , P40-D-३५९० ट्याब्लेट र KT5 Dermcream- ८४ वटा मलम बरामद गरिएको छ ।  पक्राउ परेका तिनै जना मानिस र बरामद गरिएको बिना इजाजतको औषधि आवश्यक कारवाहिको लागी औषधी बिभागको कार्यालय बिराटनगर पठाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ