भदौ १७ एजेन्सी । बेलायत भ्रमणमा रहेको पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीले तेस्रो टी ट्वेन्टी श्रृखलामा ५ रनको रोमाञ्चक जीत हात पारेको छ । यो सगैँ उसले सिरीजमा एक एक को बराबरी गरेको छ ।
वल्र्ड ट्राफोर्डमा भएको खेलमा पहिला ब्याटीगं गर्दै पाहुना टोली पाकिस्तानले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीलाई जीतका लागि अन्तिम दुई बलमा १२ रनको आवस्यकता परेको थियो ।
त्यस्तो बेला टम कुर्रानले पहिलो बलमा छक्का प्रहार गरेर टिमलाई आशा दिलाए । तर बलर ह्यारीस राउफले योर्कर प्रहार गरे पछि कुर्रानले अर्को छक्का हान्न सकेनन् ।
पाकिस्तानले २० ओभरमा चार विकेट गुमाएर एक सय ९० रन जोडेको थियो । हाफीजले सर्वाधीक ८६ रन जोडेका थिए ।बेलायत ८ विकेट गुमाउदै पुरै ओभरमा एक सय ८५ रनमा समेटिदा पाकिस्तानको जीत पक्का भएको हो । बेलायतका लागि मोईनले ६१ रन बनाएका थिए । यस अघि पहिलो खेलमा पाकिस्तान पराजीत भएको थियो ।