फेरि बढ्यो पेट्रोलको मूल्य, अब १०७ रुपैयाँ प्रतिलिटर

फेरि बढ्यो पेट्रोलको मूल्य, अब १०७ रुपैयाँ प्रतिलिटर

  • बुधबार, भदौ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

१७ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।

भारतीय आयल कर्पोरेसनले १ सेप्टेम्बरमा भारतीय आयल कर्पोरेसनमा पठाएको मूल्य सूचीका आधारमा पेट्रोलको मूल्य बढेको प्रवक्ता उपाध्यायले जानकारी दिए। अब पेट्रोल १०७ रुपैयाँ प्रतिलिटर पुगेको छ। डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले बताए।

यसअघि साउन ३२ गते डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी