नेपाललाइ पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने ओलम्पियन केसीलाई कोरोना संक्रमण

नेपाललाइ पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने ओलम्पियन केसीलाई कोरोना संक्रमण

  • मङ्लबार, भदौ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौँ , १६ भदौ ।
नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका जीतबहादुर केसीलाई कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । केसीलाई सोमबार कोरोना भाइरसको संक्रमण भएको हो।

सुरुमा दिसामा रगत देखिएपछि उनलाई बयोधा हस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। उपचारअघि उनको कोरोनाको परीक्षण गर्न स्वाब निकालिएको थियो।जसमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
लक्षण नदेखिएकाले उनी घरमै आइसोलेसनमा बसेका छन् ।

उनले सन् १९७३ को एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपमा नेपालका लागी कास्य पदक दिलाएका थिए ।
फिलिपिन्समा भएको प्रतिस्पर्धामा उनले जितेको सो पदक नेपालले औपचारिक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जितेको पहिलो पदक हो।

त्यसअघि उनले नेपालको प्रतिनिधित्व गर्दै उनले सन् १९७२ को म्यूनिख ओलम्पिक्समा राष्ट्रिय झण्डा बोक्ने ऐतिहासिक अवसर पाएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ