चार वर्षीया बालिका सहित थप ११ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतकको संख्या दुइ सय ३९

चार वर्षीया बालिका सहित थप ११ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतकको संख्या दुइ सय ३९

  • मङ्लबार, भदौ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौँ , १६ भदौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । आज चार वर्षीया बालिका र दश पुरुष गरी थप ११ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यो सगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुइ सय ३९ पुगेको छ ।

आज महोत्तरीकी चार वर्षीया बालीकाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
यसैगरी आज पर्साका ५३वर्षे , ८० वर्षे ,६० वर्षे पुरुषको कोरोना बाट निधन भएको छ । त्यस्तै बाराका ६० वर्षे पुरुष , चितवनका ५२ वर्षे, महोत्तरीका ३७ वर्षे , सिरहाका ६५ वर्षे , मकवानपुरका ५८ वर्षे पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ ।
यसैगरी काठमाडौँका ७० र ३५ वर्षे पुरुषको पनि आजै कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयका प्रवक्ता गौतमले पुष्टि गर्नुभएको छ ।

नेपालमा कुल कोरोना संक्रमित मध्य ०.५९ प्रतिशतले आफ्नो ज्यान गुमाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ