अविरल वर्षाका कारण आएको पहिरोले पानीको मुहान पुरिँदा पानी वितरणमा कठिनाइ

अविरल वर्षाका कारण आएको पहिरोले पानीको मुहान पुरिँदा पानी वितरणमा कठिनाइ

  • मङ्लबार, भदौ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

झापा, १६ भदौ ।
अविरल वर्षाका कारण धुलाबारी खानेपानीको मुहान पुरिँदा नियमित पानी वितरणमा कठिनाइ भएको छ ।
बुद्धशान्ति गाउँपालिका–६ स्थित पानीको मुहान पहिरोका कारण पुरिँदा पानी वितरणमा समस्या भएको हो । पहिरो पन्छाउने पहल भइरहेको धुलाबारी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष चेतन विष्टले बताउनुभयो । “विकट ठाउँमा मुहान छ, जेसीबी जाने बाटो छैन”, उहाँले भन्नुभयो, “मजदूर लगाएर पहिरो हटाउने काम गरिरहेका छौँ । थप पानी परेन भने तीन चार दिनभित्रमा सकिन्छ होला । अनि मात्र पानी वितरण नियमित गर्न सकिन्छ ।”

पहाडको फेदीबाट निस्किएको जरुवा पानी जापान सरकारको आर्थिक सहयोगमा १३ वर्ष अघिदेखि ल्याएर धुलाबारी खानेपानी उपभोक्ता समितिले मेचीनगर ९, १० र ११ नम्बर वडाका चार हजार ७०० बढी उपभोक्तालाई वितरण गर्दै आएको थियो ।

समितिका उपाध्यक्ष विष्टले सो जरुवा पानीसँगै डिप बोरिङबाट खानेपानीको कार्यालय र मागुरमाडीबाट पानी निकाल्दै आए पनि त्यसले आधा उपभोक्तालाई पनि नधान्ने जानकारी दिनुभयो । उहाँले तत्काल विकल्प नखोजे धुलाबारीमा पानीको हाहाकार हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ