सीपीएलमा व्यक्तिगत कीर्तिमान बनाउदै सन्दीप 

सीपीएलमा व्यक्तिगत कीर्तिमान बनाउदै सन्दीप 

  • मङ्लबार, भदौ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

एजेन्सी ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा व्यक्तिगत कीर्तिमान बनाएका छन् ।
लगातार तेस्रो पटक लिग खेलीरहेका सन्दीपले यो सिजनमा अघिल्ला सिजन भन्दा धेरै विकेट लिन सफल भएका छन् ।

उनले पछिल्लो दुई संस्करणमा भन्दा यस सिजन सर्वाधिक विकेट लिन सफल छन् । जारी प्रतियोगितामा सन्दीपले ६ खेल खेल्दै ९ विकेट हात पारेका छन् । जुन अघिल्लो संस्करणको भन्दा धेरै हो ।

सन्दीपले सन् २०१८ मा पहिलो पटक सीपीएल खेलेका थिए । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट पहिलो सिजन खेलेका सिजनले ५ खेलमा ७ विकेट हात पारेका थिए ।
उक्त सिजन १७ ओभर बलिङ गरेका सन्दीपले १ मेडेन सहित ६ दशमलब २३ को इकोनमी रहेको थियो ।

यस्तै सन् २०१९ को संस्करणमा बार्बड्स ट्राइडेण्ट्सबाट खेलेका सन्दीपले आफ्नो आक्रमणमा सुधार गर्दै ८ विकेट लिन सफल भएका थिए । ६ खेल खेलका सन्दीपले १९ ओभर ५ बल बलिङ गर्दै ६ दशमलब ५० को इकोनमीमा बलिङ गरेका थिए ।

सन्दीपले सन् २०१९ को संस्करणमा पुरै प्रतियोगिता खेल्न पाएनन् । नेपालको अन्तराष्ट्रिय खेलको कारण सन्दीपले बिचैमा प्रतियोगिता छाडेका थिए ।

यस सिजन सन्दीप थप लयमा देखिएका छन् । उनले ६ खेलमा निकै राम्रो इकोनोमीमा ९ विकेट लिन सफल छन् । २४ ओभर बलिङ गरेका सन्दीपको जम्म्मा ४ दशमलब ८३ को इकोनमी रहेको छ ।

प्रतियोगितामा सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सातौँ स्थानमा रहेका छन् । यस्तै उनी आफ्नो टिमको दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ