वडा प्रहरी कार्यालय श्रीपुरको टोलीद्धारा लाखौको अबैध सामग्री बरामद

वडा प्रहरी कार्यालय श्रीपुरको टोलीद्धारा लाखौको अबैध सामग्री बरामद

  • सोमवार, भदौ १५, २०७७
  • दिपक चौरसिया 

  • 21.3K
    SHARES

पर्सा, १४ भाद्र । पर्साको बिभिन्न स्थानहरुबाट वडा प्रहरी कार्यालय श्रीपुरले अवैध मालसमान बरामद गरेको छ । चोरी तस्करी गरी अवैध तरिकाले नेपाल भित्रयाउने क्रममा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले मालसमान बरामद गरेको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिपक साहको निर्देशनले खटिएको प्रहरी टोलीले बिभिन्न स्थानहरुबाट प्रतिबन्धित केफ्ट्रागार्ड औषधी १ कार्टुन, केराउ ३५० किलो, चिनी २५ केजी, लाईफव्याय साबुन १ पेटि, सेम्पु १ पेटि, कसमेटिक सामग्रीहरु २ पेटि, हार्डवेयर, कपडा लगायतका करिब १ लाख ५० हजार बराबरको सामग्रीहरु रहेको प्रहरी निरिक्षक साहले बताए ।

भारतबाट अवैध तरिकाले विभिन्न नाकाहरुबाट नेपाल भित्रयाई रहेको अवस्थामा सामानहरु बरामद गरी भन्सार दाखिला गरेको पर्सा प्रहरीले जनाएको छ ।

यसअघि पनि वडा प्रहरी कार्यालय श्रीपुरले करिब १ लाख ५० हजार बराबरको अबैध सामग्री बरामद गरी भन्सार दाखिला गरिसकेको समेत प्रहरी निरिक्षक साहले बताए ।No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ