एटीएम प्रयोग गर्दा कुनै पनि शुल्क नलिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

एटीएम प्रयोग गर्दा कुनै पनि शुल्क नलिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

  • आइतवार, भदौ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

भदौ १४ काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको हो ।

यसअघि पनि राष्ट्र बैंकले यस्तै निर्देशन जारी गरेको थियो । गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको समयमा केन्द्रीय बैंकले त्यस्तो निर्देशन दिएको र बैंक तथा वित्तीय संस्थाले समेत पालना गरेका थिए । पछिल्ला दिनमा केही बैंक तथा वित्तीय संस्थाले त्यस्तो व्यवस्थामा पुनः विचार गरी शुल्क लिन थालेका थिए ।

पछिल्लो पटक पुनः काठमाडौँ उपत्यकालगायतका विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि निषेधाज्ञा जारी गरिएको छ । यस अवस्थामा नागरिकले सहज रुपमा बैंकिङ सेवा लिन पाउन् र कुनै पनि प्रकारको शुल्क तिर्नु नपरोस् भन्ने ध्येयका साथ पुनः निर्देशन दिइएको हो ।

केन्द्रीय बैंकले विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थानुसार एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क नलिन भनेको हो ।

यस्तै एटीएम कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको जानकारी ग्राहकलाई दिनुपर्ने र कार्ड नवीकरण शुल्कका बारेमा समेत जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । यस्तै कार्डबाट एक पटकका रु २५ हजार र दैनिक रु एक लाखसम्म रकम झिक्न पाउने व्यवस्था कायमै रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी