सेनाको हेडक्वाटरमै एक सैनिकले गरे गोली हानेर आत्माहत्या

सेनाको हेडक्वाटरमै एक सैनिकले गरे गोली हानेर आत्माहत्या

  • आइतवार, भदौ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

काठमाडौं, १४ भदौ । सुन्धरास्थित नेपाली सेनाको मुख्यालय परिसरमा आफैसँग भएको राइफल प्रयोग गरी एक सैनिकले आत्माहत्या गरेका छन् ।
आइतबार बिहान ३ बजे सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा रहेका एक सिपाही दर्जाका जवानले एक राउन्ड गोली चलाएर आत्महत्या गरेका हुन् ।  तनहुँ जिल्लाको रानीपोखरी निवासी ती जवानले आफ्नै ड्युटी बस्दा प्रयोग गरिने राइफल प्रयोग गरी आत्महत्या गरेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

उनले सैनिक प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान गर्ने, शवको पोष्टमार्टम गर्ने र ती सैनीककाे नजिकको परिवारहरुलाई बोलाएर काम गर्ने सेनाको स्थायी कार्यविधि अनुसार काम भइरहेको बताए । घटनाबारे अनुसन्धान भइरहेको पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ