लिभरपुललाई हराउदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड फुटबलको उपाधि

लिभरपुललाई हराउदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड फुटबलको उपाधि

  • आइतवार, भदौ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी, १४ भदौ । लिभरपुललाई हराउदै आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ ।

वेम्बली स्टेडियममा शनिवार राति भएको फाइनलमा लिभरपुललाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै आर्सननले दुई वर्षपछि यो प्रतियोगिता जितेको हो ।

आर्सनलको यो १५औं कम्युनिटी सिल्डको उपाधि हो । खेलको पहिलो हाफमा अग्रता लिएको आर्सनललाई पछ्याउँदै ७३ औं मिनेटमा लिभरपुलले गोल फर्कायो ।

निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् ।

लिभरपुल प्रिमियर लिग विजेता हो । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको थियो । आर्सनलले एफए कप जितेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ