भदौ १४ राजविराज । सप्तरीमा ज्वरो निरन्तर आएर उपचार गराईरहेकी एक कोरोना संक्रमित महिलाको थप उपचारका लागि बिराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको छ । राजविराज नगरपालिका २ का ६० वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।
लामो समयदेखि ज्वरो आए पनि क्लिनिकले दिएको औषधी खाएर बसेकी ती महिलालाई शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो । त्यस पछि स्वाब संकलन गरिएको थियो ।
हिजो स्वाब पोजेटिभ आएको र अवस्था पनि जटिल बनेको देखिए पछि चिकित्सकहरुले बिराटनगर रिफर गरेका थिए । थप उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा मृत्यु भएको हो जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए । सप्तरीमा कोरोनाका कारण हाल सम्म ६ जनाको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline