वीरगन्ज , १३ भदौ ।
वीरगन्जमा उपचाररत एक ३० वर्षीय युवकको कोरोना संक्रमणबाट निधन भएको छ। वीरगन्ज हेल्थ केयरमा भर्ना गर्ने क्रममा उनको शनिबार साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिए।
रौतहट निवासी उनलाई गत बिहीबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो। भर्नागरे लगत्तै स्वाब परीक्षण गर्दा उनमा संक्रमण पोजेटिभ देखिएको र उनलाई वीरगन्ज हेल्थ केयरमा रिफर गरिएको प्रवक्ता चौरसियाले जानकारि दिए ।
कोरोना संक्रमणबाट मरेका युवकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।
शुक्रबार मात्र वीरगन्जमा एक जना महिलासहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline